This year for Aquarius 2073 BS

3rd-Apr,16 dknepa

कुम्भ
कुम्भ राशि हुनेहरुको लागि यो वर्ष सप्तम राहु जन्म राशिमा केतुले भ्रमण गरेकोले तपाईको भोग विलासमा रुचि बढ्ला । धार्मिक तथा राजनीतिक कार्य एवं पठनपाठनमा सफलता मिल्ला । मान्यजनबाट सहयोग मिल्ला, मान्यजनबाट सहयोग होला । रुखो बोलि भने त्याग्नुपर्ला । आफ्नो बुद्धिविबेकले गरेको काममा सफलता मिल्नेछ । स्त्री तथा बच्चाको चिन्ताले सताउँला । तपाईको कञ्चुस संगको संगत नहोला भन्न सकिन्न । परिवारमा कलहको सामना गर्नुपर्ला । अव्यस्थित दिनचर्याले चिन्ता उत्पन्न गराउँला । दुखी दरिद्रको उपकारले गर्नाले कार्य सफल होला । देवताको भक्ति र आराधनाले मनमा शान्ति मिल्ला ।
This year for Aquarius 2073 BS
पेट, हड्डीमा पीडा होला । एक्लै टाढाको यात्रा नगर्नु बेश होला ।
गुरु (बृहस्पति) ग्रह तपाइको विगत वर्षहरुबाटै सातौ स्थानमा भ्रमण गरेकोले तपाईलाई शुभ फल मिल्नेछ । अधुरा कार्यहरु सफल होला । आर्थिक कारोबारमा तथा व्यवसायमा सफलता मिल्नेछ ।
श्रावण २२ गते बाट गुरुले आठौं स्थान कन्या राशिमा प्रवेश गरेकोले तपाईलाई गुरुबाट यात्रामा तथा प्रवासमा कष्ट होला । धनको नाश, चोरको भय होला । कठोर बोलीले काममा बाधा पर्ला, पद प्रतिष्ठामा धक्का लाग्ला । क्लेशबद्र्धक यात्रा होला । परिश्रम, रोग, शोक पर्ला । चोर अग्नि राजभय पर्न सक्ला ।
पौष २९ गतेबाट बृहस्पति नवम् स्थानमा प्रवेश गरेकोले केही दिन पौष, माघ महिनामा गुरुले शुभ फल दिनेछ । फाल्गुनबाट गुरु बक्री भई आठौ स्थानमा प्रवेश गरेकोले तपाईलाई उल्टो फल देला । शत्रु भय वादविवाद, स्वास्थ्य समस्या, आर्थिक संकट पर्ला । कलेजो तथा कटी जाघको समस्याले सताउँला ।
शनि ग्रह विगत वर्षबाटै कुम्भ राशिको दशौ स्थानमा भ्रमण गर्दै आएकोले भदौसम्म बक्री अवधिभर अनेक द्धिविधाले सताउँला । स्वजनबाट विछोड, मातापिता मान्यजनलाई कष्ट पर्ला । भदौ बाट शनि मार्गी हुनाले उच्च अधिकारीबाट धनलाभ, सहयोग तथा कार्यसिद्धि होला । आर्थिक लाभ, परिक्षा प्रतियोगितामा सफल होला ।
फल्गुन ६ गतेबाट शनिले दशम् स्थान पार गरी एकादश स्थानमा प्रवेश गरेकोले तपाईलाई आर्थिक, राजनीतिक कार्य सफल होला । मनमा आनन्द, राज्यतर्फबाट शुभ फल प्राप्त होला । उत्कृष्ट कीर्ति, वैभव आदि प्राप्त होला ।