2073 Bs for Lion zodiac

3rd-Apr,16 dknepa

सिंह राशि हुनेहरुको यो वर्ष राहु जन्म राशिमा र केतु सप्तम स्थानमा भ्रमण गरेकोले केहि भाग्य भए पनि चिन्ता पनि रहला । कडा परश्रमले काम बन्ला, सामान्य आम्दानी होला भने खराब संगत बढ्नेछ । व्यापारमा पनि संगतले बिगार्न सक्नेछ । भोग विलासमा रुचि बढ्नेछ । रुखो बोली नआउला भन्न सकिन्न । हरेक ठाउँमा विश्वासिलो र साहसी बन्नु तपाईको लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै काम नगर्नुहोला ।
2073 Bs for Lion zodiac
धार्मिक, शिक्षा, राजनीति तथा लेखन कार्य प्रकाशन
जस्ता काममा सफलता मिल्ला । हानी नोक्सानी, शक्तिहिनता, कर्जा लेनदेनमा अवरोध होला । रोग बिरामीले परिवारमा झमेला पर्न सक्ला । ठग तथा लुटेराहरु देखि सावधान रहनुहोला । गुरु (बृहस्पति) ग्रह विगत वर्षहरुबाटै जन्म राशिमा भ्रमण गर्देै आएको छ । तसर्थ परदेश गमन, व्यर्थ खर्च, शत्रु बाधा, मान हानी, राजभय, मानसिक कष्ट तथा रोजगारमा झमेला पर्ला । श्रावण २२ गतेबाट जन्म राशि सिंह पार गरी द्दितीय स्थानमा (कन्या) राशिमा प्रवेश गरेकोले तपाईको गुरुबाट बोलीमा प्रभाव पर्ला । प्रवचन कथा वाचन आदिमा शक्ति आउँला । स्वजन, इष्टमित्र बाट सुख सहयोग मिल्ला । धनमालको लाभ, राम्रो उन्नती, मित्र सुख प्राप्त होला । दान परोपकारमा रुचि बढ्ला । पौष २९ गतेबाट पुनः तृतीय तुला राशिमा प्रवेश गरेकोले तपाईलाई मध्यम फल देला । फाल्गुनबाट गुरु बक्री भई पुनः कन्या राशिमा फर्केकोले द्दितीय गुरु उल्टो अतिचार भएकोले धन लाभ होला तापनि कतैको यात्रा, स्थानन्तरण घर वस्तु वा सुख दुः ख, लोकप्रियता कायम रहला ।
शनि ग्रह तपाईको विगत वर्षहरुबाटै बृश्चिक राशिमा चतुर्थ स्थानमा भ्रमण गर्दै आएकाले तपाईलाई कतैको यात्राको अवसर मिल्ला । पारिवारिक वातावरणमा मानसिक कष्ट, पीडा, उत्तेजना बढ्ला । भाग्यको परिक्षा नगर्नुहोला । आलस्य तथा लापरवाहीपन त्याग्नुहोला । यो अढैया शनि हो धननाश, मान्यजनमा कष्ट भाद्रबाट मार्गी शनिले स्त्रीमा कलह, बन्धुको कारण बाट कष्ट, कामकार्य बिग्रला । अपमान तथा असन्तोष होला ।
फाल्गुन ६ गतेबाट शनि तपाईको बृश्चिक बाट धनुष्मा जानाले पाँचौ शनिले धनको कमी, अशान्ति, दुष्टजनको संंगत होला । तर अन्न, द्रव्य, वस्त्रादिको लाभ होला । छिटफुट, सानो ठुलो यात्रा, दैनिक कार्य सफल होला, बेरोजगार दुर होला । नोकरी व्यावसायमा एकाएक आकाश छुने काम गर्नुहोला