2073 for Pisces

3rd-Apr,16 dknepa

मीन राशि हुनेहरुको लागी यो वर्ष राहु छैटौ स्थानमा र केतु बाह्रौ स्थानमा विगत वर्षबाटै भ्रमण गरेकोले पेट, हड्डिको पीडा, मानसिक तनाव, एक्लै यात्रा नगर्नु राम्रो छ । पत्नि बच्चाको आन्तरिक दुःख होला । जीवन संघर्षमय रहला, ब्राह्मणको संगतले कुनै काम बन्ला, पठनपाठनमा परिक्षा, प्रतियोगितामा सफलता मिल्ला, राजनीतिक व्यक्तिको साथमिल्ला, बोलिमा मिठास, प्रेम प्रसंग मिल्ला, कञ्चुस मानिसको संगत होला, ज्ञान र समझदारिमा वृद्धि होला । पारिवारीक कलहले तपाईको दिनचर्या अनियमित होला, आउने जाने व्यक्तिबाट धोका पर्ला । कल्पना शक्ति होला, मनमा तरह तरहको जिज्ञासा आउँला, मनोमानी आदतले काम गर्दा हानि होला ।
2073 for Pisces
गुर(वृहस्पति) तपाईको विगत बर्षबाटै छैटौ स्थानमा सिंह राशिमा भ्रमण गर्दै आएकोले स्वजनबाट तथा शत्रुबाट पीडा होला । रोग, शोक, चोर तथा अग्निको भय रहला, हर प्रकारको उदासिनता हुनसक्ला । सामन्य स्त्री सन्तानको सुख, ठुलाबाट आदर होला, बुद्धिको विकास होला ।
श्रावण २२ गतेबाट गुरु सिंह राशि छैटौ स्थानमा पार गरी कन्या राशि सातौ स्थानमा प्रवेश गरेकोले तपाईलाई शुभ फल मिल्ला, अधुरा कामहरु पुरा होलान् । आर्थिक कारोबार तथा व्यवसायमा सफलता मिल्ला, शिक्षामा उन्नति, शरीर स्वास्थ्य रहला, पुस २९ गतेबाट गुरु तुला राशि भएर आठौँ स्थानमा प्रवेश गरेकोले व्यर्थ यात्रा। क्लेश परिश्रम, धननाश, कष्ट बन्धन, शोक, रोग चोर, अग्नि, राजाबाट भय, पदच्युति हुनसक्ला ।
पौष २९ गतेबाट गुरु तुला राशि आठौँ स्थानमा जानाले केहि दिन कष्टकर छ ।
फल्गुन २१ गतेबाट बक्री अतिचारबाट पूर्व कन्या राशिमा फर्कनाले कतै उल्टो फल देला । शुभ कार्यमा बाधा धन खर्च होला , यात्रा, स्त्री तथा सन्तान सुख राजाबाट आदर वृद्धिको विकास होला ।
शनि ग्रह तपाईको विगत बर्षबाटै नवम् स्थानमा भ्रमण गरेकोले सुरुमा बक्री छ । अतः अधुरा कामकार्य पुरा होलान् । आर्थिक, सामाजिक कार्य पुरा होलान् । कार्यमा व्यस्त रहनुपर्ला, बालबच्चाको सुख र कतै झमेला पनि खेप्नुपर्ला, दरिद्रता धर्मकार्यमा विघ्नवाधा पर्ला, पितातुल्य व्यक्तिको मृत्यु हुन सक्ला। मृत्यु समान कष्ट, शत्रु वृद्धि, स्त्री सन्तानबाट सुख नहोला, दुःखको प्राप्ति होला । विभिन्न समस्याले सताउँला, आर्थिक सामाजिक कार्यमा व्यस्त हुनुपर्ला । अज्ञात घटनाले मर्महात हुनुपर्ला ।
फल्गुन ६ गतेबाट शनि बृश्चिक राशि पार गरि धनुष् राशि नवम् स्थानमा प्रवेश गर्नेछ । अतः अनेक सुविधा तथा स्वजनबाट विछोड, मातापिता एवम् मान्यजनबाट कष्ट, उच्च अधिकारीबाट सहयोग होला । कार्यसिद्धि तथा आर्थिक अवस्था सुदृढ रहला ।