2073 for Taurus

3rd-Apr,16 dknepa

वृष राशि हुनेहरुलाई यो वर्ष चौथो राहु, दशम् केतुले भ्रमण गरेकोले तपाइको भाइबन्धुले खिल्ली उडाउलान् । परिवारको सदस्यबाटै आलोचना खप्नुपर्ला । बानी व्यहोरा सुधार्नुपर्ला । बदनामी र बेकार अर्काको अधीनमा पर्नुपर्ला । पदोन्नत्तिको सन्दर्भ सफल हुनसक्ला । आवश्यक चिजको केहि आपुर्ति हुँदै रहला । जीविकोपार्जनको दृष्टिकोणले राहुकेतु शुभ होइन । परन्तु बच्चाहरुको भविष्य शुभ होला । अनेक नयाँ कार्यहरु तथागत नोक्सानीका कारण आर्थिक लाभ हानी ठिक नरहला । शरीर कमजोर हुनसक्ला । मान्यजनमा कष्ट, गृह व्यवहार झमेला, मानसिक अशान्ति, कुटुम्ब, स्वजनमा विवाद हुन सक्ला, सावधान रहनुहोला ।
2073 for Taurus
गुरु (बृहस्पति) गत बर्ष बाटै चतुर्थ स्थानमा भ्रमण गर्दै आएकोले तपाईलाई गुरुबाट, पारिवारिक कार्यमा धन खर्च होला । परिश्रम तथा प्रयासले केहि सफलता होला । आवश्यकता पुर्ति होला । शत्रुको कारण व्यर्थ मानसिक चिन्ता होला । अज्ञात व्याक्तिबाट केहि समाधान होला ।
श्रावण २२ गते बाट गुरु (कन्या) राशि तपाईको पाँचौ स्थानमा प्रवेश गरेकोले तपाईलाई भाग्यले साथ दिनेछ । विदेश यात्रा परिक्षा तथा प्रतियोगितामा सफलता मिल्ला । मानसम्मान, आर्थिक उपार्जन होला । विद्याबुद्धिको विकास, घरायसी पुत्र परिवारको सुख पनि मिल्ला ।
पुस २९ गतेबाट (गुरु) तुला राशिमा प्रवेश गर्नेछन् । तसर्थ वृषलाई छैटौ (गुरु) आर्थिक कारोबारमा घाटा पर्ला । स्वास्थ्य समस्या मनमा अशान्ति होला ।
फाल्गुन २१ गतेबाट पुनः कन्यामा बक्री अतिचारबाट फर्कनाले कतै उल्टो फल देला । तापनि धन लाभ, बुद्धिको विकास होला ।
सप्तम् शनि चलिआएकोले तपाईलाई व्यापार व्यावसायबाट थोरै लाभ होला । मित्रजनमा राम्रो सम्बन्ध राख्नुहोला । धार्मिक तथा राजनीतिक कार्यमा विरोध होला । निजी कार्यमा सम्पादनमा घरमा कोही बाधक हुनेछन् । स्त्री सन्तानको स्वास्थ्यमा ध्यान दिनुहोला । व्यर्थ खर्च होला । स्त्रीको वा स्त्रीतर्फबाट कष्ट मिल्ला । परदेश वास हुनसक्ला ।
फाल्गुन ६ गतेबाट शनि धनुषमा प्रवेश गरेकाले तपाईलाई प्रभाव आउँला । दुःख, कष्ट, शत्रु, बाधा, झुटा दोष, मानसिक चिन्ता, कामकार्यमा विघ्नबाधा पर्ला ।