2073 For capricorn

3rd-Apr,16 dknepa

मकर राशि हुनेहरुको यो वर्ष अष्टम स्थानमा राहु द्धितीय स्थानमा केतुले भ्रमण गर्दै आएकोले तपाईलाई मनमा अशान्ति, शारीरिक आलस्य, कामकार्यमा अवरोध तथा विरोध हुन सक्नेछ सवारी साधनदेखि सावधान रहनुहोला । स्वनजबाट धोका, रुखो बोलीले अपमान सहनुपर्ला । परिवारको स्वास्थ्यमा ख्याल राख्नुपर्ला । लगानी फस्नाले कष्ट पर्ला । आर्थिक लेनदेनमा घाटा पर्ला । स्वास्थ्य बाधा, परिवारमा मनको ब्यथा होला । नराम्रो ठाँउको बास होला । कुसङ्गतले बिगार्न सक्नेछ । कुटुम्ब तथा स्वजनमा मनमुटाव होला । उग्र वाणिले विवाद निम्ताउला । पुरानो सम्पत्ति हानी हुनसक्ला ।
2073 For capricorn
गुरु ग्रक तपाइको विगत वर्षहरुबाटै आठौँ स्थानमा भ्रमण गर्दै आएकोले गुरुबाट यात्रा प्रवासमा कष्ट पर्ला । धन हानि, चोर तथा ठगको भय, कठोर बोलिको कारणले पद तथा प्रतिष्ठामा धक्का लाग्ला । अनावश्यक कष्टको सामना गर्नु पर्ला । स्वजन बाट भने सहयोग प्राप्त हुनेछ ।
श्रावण २२ गते बाट गुरुले आठौँ स्थान सिँह राशि पार गरी नवम् स्थान कन्या राशिमा प्रवेश गरेको हुनाले तपाइलाई भाग्यले साथ देला । आर्थिक लाभ होला । मिठो भोजन, मान्यजन तथा इष्ट मित्रबाट सुख, सहयोग, बुद्धि विवेकले काम गर्नुहोला ।
पुस २९ गतेबाट कन्या राशिबाट दशम् स्थान तुला राशि दशम् स्थानमा प्रवेश गरेकोले सामान्य सफलता होला । सार्वजनिक कार्यमा भाग लिने योग छ । स्थान कष्ट, सत्ता पीडा, स्वजनमा विवाद, भ्रमण होला । परीक्षा, प्रतियोगितामा सफल, धनको लाभ होला ।
फाल्गुन २१ गते पुनः नवम् (कन्या) फर्कनाले शुभ अशुभ दुवै फल देला । शनि ग्रह तपाईको विगत बर्षहरुबाटै एकादश स्थानमा भ्रमण गरेकोले श्रावण महिनासम्म बक्री शनिले निर्णय क्षमताको कमी, व्यवसायमा घाटा होला । श्रावणपछि मार्गी शनिले शुभ स्वास्थ्य लाभ, व्यापरमा सफल, पद प्रतिष्ठा प्राप्त होला । शक्ति सम्पन्न, धन बृद्धि गर्ला ।
आर्थिक राजनीतिक कार्य सफल होला । उत्कृष्ठ कीर्ति, वैभव आदि प्राप्त होला । रोग, शोकबाट मुक्ति मिल्ला । धन माल, उपकरण, औजार आदिको लाभ होला । व्यापारजीविलाई ब्यापार सफल होला । बीमा शेयरस्को काममा पनि लाभ होला मिसेनरी, मेकानिक, हार्डवेयर व्यवसाय गर्नेलाई धन लाभ होला ।
फाल्गुन ६ गतेबाट एकादश स्थान वृश्चिक राशि पार गरी धनुष् राशि बाह्रौ स्थानमा जानाले तपाईलाई आद्य साढेसाती पनि लाग्नेछ । अतः अब इष्टमित्रबाट सहयोग नहोला । नानाप्रकारको समस्याले सताउँला । स्वास्थ्य कमजोर होला । अपमानित हुनुपर्ला ।