2073 BS for Gemini

3rd-Apr,16 dknepa

मिथुन राशि हुनेहरुको यो वर्ष तृतिय राहु र नवम् स्थानमा केतुले भ्रमण गरेकोले तपाईको प्रतियोगिता तथा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्नपुर्वक हर क्षेत्रमा प्रतिष्ठा होला ।
2073 BS for Gemini
विद्यार्थी एवम् महिलाहरुको लागी यो समय चिन्तनीय रहला । नोकरी व्यावसाय पक्ष मध्यम होला । तापनि सबै समस्याको समाधान होला । केही कार्यको सीमा मा पुगिएला । जानी नजानी गरेको कार्य पनि सफल होला । ब्याक्तित्वको विकास होला । मान सम्मान सुरक्षित रहला । सुख तथा आनन्दको लालसा बढ्ला भने भाग्य र धर्ममा पनि बाधा पर्न सक्ला । मेल्से जातिबाट भाग्य हुन सक्ला ।
गुरु बृहस्पति ग्रह तपाईको विगत बर्षबाटै तृतिय स्थानमा भ्रमण गरेकोले तपाईलाई मित्रजनबाट टाढिनुपर्ला । कामकार्यमा बिघ्न, बाधा रोजी–रोजगारमा बाधा, झन्झट पर्ला । तापनि हरेक क्षेत्रमा प्रतिष्ठा रहला ।
श्रावण २२ गतेबाट बृहस्पतिले तृतीय स्थान पार गरी चतुर्थ स्थानमा प्रवेश गरेको ले तपाइलाई साहसको कमी पुरुषार्थ हीन हुनेछ । अध्यनमा सामान्य सफलता प्राप्त होला । आर्थिक समस्य आए पनि परिश्रम पुर्वक गरीएको काम बाट पदोन्नतीको योग छ । विपक्षीबाट धोका, स्थानन्तरण तथा व्यर्थ यात्रा होलान् विवाद पर्ला । पुष २९ गतेबाट गुरु पाचौँ स्थानमा जानाले केही शुभ फल देला । विद्या बुद्धिको विकास, पुत्र तथा परिवारको सुख होला ।
फल्गुन २१ गते बक्री अतिचारले गुरु चतुर्थ स्थानमा फर्कनाले उल्टो फल देला । मित्रजन विमुख, स्वजनमा विवाद, मानसिक चिन्ता होला ।
शनि ग्रह तपाइको विगत बर्षहरुबाटै (बृश्चिक राशि) छैटौ स्थानमा भ्रमण गर्दै आएकोले तपाइलाई हाल बक्री छ । अतः कतै उल्टो फल पनि देला भदौ महिनाबाट मार्गी हुनाले सबप्रकारको सुखभोग शत्रुनाश, बिजय, गृह भुमिको निर्माण, लाभ, सौभाग्य होला । परोपकारमा रुचि बढ्ला, परिवारको दायित्वमा बृद्धि होला । नयाँ जनसम्पर्कले मनमा हर्ष होला परिक्षा, प्रतियोगितामा सफल होला । रचनात्मक कार्यमा रुचि बढ्ला । श्रेष्ठ ब्यक्ति सँग सम्पर्क होला । शत्रुमाथि विजय, गृह निर्माणको अवसर पर्ला । सौभाग्य होला ।
फाल्गुन ६ गतेबाट शनिले बृश्चिक राशि पार गरी धनुष् राशिमा (सातौँ) स्थानमा प्रवेश गरेकोले तपाइलाई स्त्रीबाट धोका, कलह, कष्टदायी यात्रा, भय पर्ला । मानसीक ब्यथा, परदेश बास हुनसक्ला ।