Sagittarius 2073

3rd-Apr,16 dknepa

धनु राशि हुनेहरुको यो साल धनुषको नवम् राहु तृतीय केतुले भ्रमण गरेकोले राहुकेतुको तर्फबाट तपाईलाई शुभ फल प्राप्त होला ।
Sagittarius 2073
काम गर्न साहस, इच्छाशक्ति आउँला । शत्रुमाथि विजय प्राप्त होला । कहिलेकाहीँ निराश हुनुपर्ला । आफन्तको सहयोग होला । शक्ति साहस बढ्ला । मान्यजनबाट दुःख प्राप्त होला । धर्मकर्ममा बाधा पर्ला । तापनि सुख, आनन्दको अनुभुति देला । काम गर्न जोशजाँगर आउँला । शत्रुमाथि विजय, शक्ति साहसले सफल, स्वजनबाट सहयोग । धर्मकर्ममा बाधाको योग छ । असन्तोष पनि हुनपर्ला ।
गुरु बृहस्पति तपाईको नवम् स्थानमा भ्रमण गरेकोले सर्वसौभाग्य सिद्धि, कार्यमा सफलता, धन प्राप्ति, उत्तम भोजानाधि प्राप्ति होला । पुत्र बाट सुख मिल्ला । विचारशीलता आदि शुभ फल देला श्रावण २२ गते बाट गुरुले नवम् स्थान सिंह राशि पार गरी कन्या राशि दशम् स्थानमा प्रवेश गरेकोले तपाईको गुरुबाट धन आर्जन, सन्तान पीडा, दीनता, स्वजनमा मनमुटाव, भ्रमण आदि होला । प्रतिस्पर्धा तथा परीक्षामा सफलता हासील होला ।
पुस २९ गतेबाट गुरु तुलामा एकादश स्थानमा जानाले सन्तान सुख तथा स्थान लाभ होला । सम्मानमा बृद्धि, कान्ति एवं बलको बढोत्तरी, शत्रुको हानी होला । फाल्गुनबाट बक्री गुरु २१ गतेबाट पुनः कन्यामा दशम् स्थानमा फर्किएकाले कतै उल्टो फल देला । कर्म प्राप्ति सामाजिक सेवा होला ।