Scorpio 2073 year Prediction

3rd-Apr,16 dknepa

बृश्चिक
बृश्चिक राशि हुनेहरुको यो बर्ष दशम राहु चतुर्थ केतुले भ्रमण गर्दै आएकोले तपाईलाई लोभ मोहको कारण सम्पत्ति विषयमा विवाद पर्ला । शत्रुमाथि विजय होला । अनावश्यक खर्च होला ।
Scorpio 2073 year Prediction
परिवार तथा शत्रुबाट पीडा, पशुपंक्षीमा लगानी बढ्ला । मित्रष्ठान्न भोजन, बिद्याको क्षेत्रमा प्रगती होला । अर्काको पूँजीमा काम गर्दा झुठा दोष लाग्न सक्ला । शारीरिक आशक्तिले गर्दा दिनचर्या अनियमित होला । गर्न खोजेको काममा अवरोध आउला । सवारी साधन प्रयोगमा सावधानी अपनाउनु होला । रुखो बोल्ने बानीले बिना कारण विवाद पर्ला । अपमान सहनुपर्ला । स्वास्थ्यको बिशेष ध्यान दिनुहोला । लगानी फस्नाले दुःख पर्ला । गुरु बृहस्पति तपाईको बिगत बर्ष देखि नै दशम् स्थानमा भ्रमण गर्दै आएकोले तपाईलाई स्थान लाभ, सम्मान वृद्धि, कान्ति तथा बलमा बढोत्तरी होला । शत्रुको हानी, सन्तान सुख, स्थानमान को प्राप्ति, कान्तितथा बलको बृद्धि होला । विजय, मध्यम फल देला । श्रावण २२ गतेबाट गुरु दशम स्थान पार गरी एकादश स्थान कन्या राशिमा प्रवेश गरेकोले तपाईलाई सन्तान, परिवारको सुख, गृहभुमि, स्थानमान प्राप्ति। शक्ति, साहस बलको बृछि होला । राम्रो कान्ति, शत्रुबाट विजय, धनमालको लाभ होला । पठनपाठनमा बढोत्तरी होला । शुभ फल देला ।
पुस २९ गतेबाट गुरु तुला राशि बाह्रौ स्थानमा प्रवेश गरेकोले स्वास्थ्य समस्या, दुःख। भय, चिन्ता, उद्धेग, दरिद्रता, स्थानन्तरण, यात्रा, धन खर्च होला । मुद्दा लाग्न सक्ला । फाल्गुनबाट बक्री गुरु २१ गतेबाट एकादश कन्या राशि फर्कनाले कतैको यात्रा, भ्रमण कार्य हुन सक्ला, मिष्ठान्न भोज आर्थिक लाभ होला ।
शनि ग्रह तपाइको विगत बर्षहरुबाटै जन्म राशिमा भ्रमण गरेकोले तपाईलाई अशौच पर्ना सक्ला वा सुतक पर्ना सक्ला । शरीर निस्तेज, पीडा, मध्य साढे साती लापरवाहीका कारण लाभ हुने ठाँउमा हानि होला ।
कुसङ्गतले बिगार्ला । सर्व अङ्गमा पीडा होला । डाक्टर बैद्यको आवश्यकता पर्नसक्ला ।विवादबाट बच्नु राम्रो होला । धातुपतन। डिप्रेशन आदिको शिकार बन्नुपर्ला । अतः सधै अनेक कष्ट भोग्नुपर्ला । मानसिक पीडा, स्वास्थ्य समस्या आउँला । फलाम तथा औजार बाट चोट पर्न सक्ला । वायुजन्यरोग। नशााको असर, निस्तेज मानसिक तथा शारीरिक पीडा हुनसक्ला ।
फागुन ६ गतेबाट शनिले धनुषः राशि दाश्रो स्थानमा प्रवेश गरेकोले तपाईलाई अनत्य साढे साती आउँला । अतः धन नाश, सन्तानबाट कष्ट, स्वजनमा झगडा, कार्य नाश, थोरै लाभ हुनेछ ।
शनि ग्रह तपाइको विगत बर्षहरुबाटै बाह्रौ स्थानमा भ्रमण गर्दै आएकोले तपाईलाई ब्यर्थ परिश्रम गर्नुपर्ला । शत्रुद्धारा धन नाश, स्त्री तथा सन्तानमा रोग होला । झगडा दरिद्रता होला । शनि बाह्रौ साढेसाती आरम्भ भएकोले विभिन्न प्रकारको समस्या आउँला । स्वास्थ्य कमजोर होला । अपमान आर्थिक अभाव, शत्रु, विष भय रहला ।
श्रावण महिनामा बक्री शनिले असफलता परिश्रम, शत्रु बाधा, धन नाश, स्त्री, सन्तानमा रोग रहला । फाल्गुन ६ गतेबाट शनि तपाइको जन्म राशि धनुष्मा प्रवेश गरेकोले मध्यम साढेसाती छ । अतः यदाकदा अनेक कष्ट भोग्नुपर्ला । रोग, मृत्युको कारण अशौच, बृद्धि निस्तेज, शारीरिक, मानसिक पीडा होला । फलाम, औजारबाट चोट पर्न सक्ला । नसा, वायुजन्य रोगले सताउँला ।