Aries 2073 year Prediction

3rd-Apr,16 dknepa

मेष राशिको यो साल गुरु बृहस्पति जन्म राशिको पाँचौ तथा राहु पाँचौ केतु एकादशा छ । तसर्थ तसर्थ तपाईको अनियमित दिनचर्या रहला ।
Aries 2073 year Prediction
आउनेजाने ब्याक्तिबाट धोका, झमेला मिल्ला तर कल्पना शक्ति भने होला । मनमा तरह–तरहका जिज्ञासा, मनोमानी आदतले काम गर्दा हानि होला । कुनै दुर्लभ बस्तुको प्राप्ति हुनसक्लान । नोकरी, व्यापर मध्यमै होला ।
परिवार, भाई, सन्तानबाट धोका, अध्ययन अध्यापनमा आलस्य, बदनामी, हर्काको अधीनताबाट बाच्नुहोला । पेटको असर आउन सक्ला । प्राय ः छोरीमान्छेमा तल्लो पेटको समस्या आउन सक्ला । बोलीमा कठोरता आउला, यसलाई नियन्त्रण गर्नुपर्ला ।
गुरु तपाईको पाचौँ स्थानमा भ्रमण गरेकोले तपाईलाई गुरुबाट शुभ फल देला । भाग्यले साथ देला । परीक्षा प्रतियोगितामा मानसम्मान, आथिक आर्जन, बिद्या बृद्धिको विकास, पुत्र–परिवारको सुख होला ।
सावन २२ गतेबाट बृहस्पति छैठौ स्थानमा प्रवेश गरेकोले तपाइलाई स्वजन तथा शत्रुबाट पीडा हुनसक्ला । रोग शोक, चोर, अग्निको भय, हर प्रकारको उदासिनता आदि हुनसक्ला । सामान्य स्त्री सन्तानको सुख, ठुलाबाट आदर , बृद्धि विकास हुनसक्ला । अन्त्य तिर बक्री गुरुले इष्टमित्र सँग कलह, शोक सन्ताप, अशान्ति, राजाबाट भय, चोर अग्निबाट पीडा देला ।
शनि ग्रह तपाइको विगत बर्षबाटै आठौँ स्थानमा भ्रमण गरेकोले अढैया शनि छ । झुटा मुद्दा वा झुटा दोष लाग्ला । मनमा अशान्ति, व्यापारमा हानि, साथी ÷सहकर्मीबाट धोका, सम्पत्तिमा घाटा होला । चौतर्फी झमेला उद्योग ब्यावसायबाट सामान्य फल मिल्ला घरेलु समस्या तथा शारीरिक कष्ट होला । धन नाश, परिवारमा मनको व्यथा, दुर्घटिय स्थानमा बास मानसिक चिन्ता तथा आर्थिक हानी होला। शनिको जपपाठ, शनिबार पीपलको पूजा तथा दर्शन गर्नाले शान्ति हुनेछ ।