Libra 2073 BS prediction

3rd-Apr,16 dknepa

तुला को यो बर्ष एकादश राहु पञ्चम स्थानमा केतुले भ्रमण गरेकोले राहुकेतुको तर्फबाट शुभ फल देला । मित्रजन तथा परिवारबाट सुख, सहयोग होला । शेयरको कारोबारबाट लाभ होला । निम्न तहका व्यक्तिबाट लाभ मिल्ला । आर्थिक कारोबारमा फाइदा मिल्ला ।
Libra 2073 BS prediction
बौदिक शक्तिको विकास होला । कानुनी मामिलामा खर्च होला । मान सम्मान मिल्ला । नशालु पदार्थको सेवन नगर्नुहोला । तर उदर रोग हड्डीको असरको पीडा हुँदै रहला । तापनि मित्रजन तथा परिवारबाट सुख सहयोग होला । शक्ति, साहसबाट अधिक लाभ होला । कानुनी मामलामा खर्च होला ।
गुरु बृहस्पति ग्रह तपाइको विगत बर्षबाटै एकादश स्थानमा भ्रमण गरेकोले तपाईलाई पुत्र सन्तानको, सुख स्थानमानको बृद्धि, शरीरमा बलको बृद्धि होला । राम्रो कान्ति शत्रु नाश, धनमालको वृद्धि । पठनमानमा बडोत्तरी होला । शुभ फल देला ।
पुुस २९ गते गुरु तपाईको तुला जन्म राशिमा प्रवेश गरेकाले सामन्य शुभ अशुभ फल देला ।
फागुन २१ गतेबाट गुरु बक्री अतिचारबाट कन्या राशि बाह्रौ स्थानमा फर्किएकोले तपाईलाई अशान्ति, परिवर्तन, कठोर, सहनशीलताले जीवन निर्वाह होला ।
शनि ग्रह तपाईको विगतका वर्षहरुबाटै द्धितस्य स्थानमा भ्रमण गर्दै आएकोले तपाईलाई आकस्मिक यात्रा, भ्रमण हुनसक्ला । पेट तथा गुदमार्गमा रोग, सन्तानबाट कष्ट पर्ला । मानसिक चिन्ता, आफन्तमा विवाद कार्यनाश, आर्थिक अभाव, विद्यार्थीले धेरै मेहनत गर्नुपर्ला ।
काम गर्न आलस्य, यात्रा स्थानान्तरण, भाग्यको परीक्षा गर्नुपर्ला । अन्त्य साढेसाती हो । पश्चिम दक्षिण दिशाको कार्य केही सफल होला । रोग। ऋण, शत्रु बाधा। धन नाश, विपक्षीबाट धोका पर्ला । मनमा अशान्ति पर्ला ।
जीवनसाथीको स्वास्थ्य चिन्ता पर्ला । स्वजनबाट धोका होला ।
फागुन ६ गतेबाट शनिले वृश्चिक राशि पार गरी धनुष राशि तपाइको तृतीय स्थानमा प्रवेश गरेकोले तपाईलाई स्थान प्रप्ति नयाँ पदको प्राप्ति, प्रतिष्ठा बढ्ला । धन लाभ आरोग्य, सफल हुनेछ ।